सोमवार १२७ अङ्कले बढ्यो नेप्से

विराटनगर । आज नेपाल स्टक एक्सचेन्ज(नेप्से) उच्च अङ्कले बढेको छ ।

सोमबार नेप्से परिसूचक १२७.३२ अङ्कले बढेर २८२३.२५ को बिन्दुमा अडिएको हो ।

सोमबनर बजारमा ३ करोड १४ लाख ३० हजार ४८ कित्ता सेयरको खरिदबिक्री हुँदा १३ अर्ब १० करोड ४६ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिन आइतबार मात्रै ५३.६३ अङ्कले घटेको बजार आज उच्च अङ्कले बढेको ।

साताको दोस्रो कारोबारका दिन नेपाल हाइड्रोपावर कम्पनी, वेस्ट फाइनान्स कम्पनी, समृद्धि फाइनान्स कम्पनी, प्रोग्रेसिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स र सुपरमाई हाइड्रोपावर कम्पनीका लागनीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।

यी सबै कम्पनीहरूको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

कारोबारका आधारमा गुड बिल फाइनान्स ४६ करोड ५२ लाख ५१ हजार रुपैयाँका साथ शीर्ष स्थानमा रहेको छ ।

सोमबार, १७ भदौ, २०८१, दिउँसोको ०३:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर