विराटनगर । लागुऔषध प्रयोगको लतमा फसेकाहरु कुलत छाडन सफल भएपछि पनि सकभर आफ्नो पुरानो परिचय लुकाउन चाहन्छन् । अनि उनीहरु आफूजस्तै प्रयोगकर्ताहरुलाई सहयोग गर्न चाहदैनन् । तर विराटनगरका ५५ वर्षे कपिल आचार्य भने फरक छन् । बीस वर्ष लागूऔषध सेवन गरेर लाखौंको धन सम्पत्ति सकेर ‘क्रोनिक दुव्र्यसनी’ बनिसकेका उनी चटक्कै नशा छाडेर अहिले आफू जस्तै कुलतमा फसेका दुव्र्यसनीहरुलाई नशामुक्त बनाउन व्यवहार परिवर्तनको शिक्षा पढाउन थालेका छन् ।
विराटनगर ९ निवासी ६३ वर्षे कपिलले नेपालीम विषयमा एमए गरेका छन् । तर, उनले आर्कषक तलव दिन्छु भनेर कलेजले आग्रह गर्दा पनि पढाउन रुचाएनन् । बरु आफू जस्तै कुलतमा फसेकाहरुलाई नशामुक्त बनाउनुपर्छ भनेर सुधार केन्द्र धाएर निःशुल्क व्यवहारिक शिक्षा पढाउन रुचाए । अहिले उनी विराटनगरका सबै सुधार केन्द्र धाएर निःशुल्क लागुऔषध प्रयोगकर्ताहरुलाई पाँच वर्षदेखि पढाइरहेका छन् ।
कपिल पढाउँदा सुधार केन्द्रमा भर्ना भएका दुव्र्यसनीहरुलाई हिम्मत गर, आत्मविश्वास बढाऊ अनिमात्र नशाबाट मुक्तहुन सकिन्छ भनेर आफनो अनुभव सुनाउदै हौसला दिन्छन् । नशामुक्त भएपछि मात्र उज्यालो संसार देख्न सकिन्छ भन्दै उनीहरुमा उत्प्रेरणा भरेर कुलत छाड्न प्रेरित गराउँछन् ।
धनीमानी बाबुका छोरा कपिल कलेज पढदै गर्दा साथीभाइको संगतले मेडिकल ड्रग्सको कुलतमा फसेका थिए । उनल २० वर्षसम्म सबैखाले नशा प्रयोग गरे । गाँजा, रक्सी, फेन्सिडल, कोरेक्स, टिडीजेसिक, ब्राउनसुगर केही पनि बाँकी राखेनन् । सुरुमा फेन्सिडिलको नशामा फसेका उनी ट्याब्लेट हुँदै ब्राउनसुगर र रक्सीसम्म पुगेका थिए । कपिल लागुऔषध सेवन गरेरै त्यो बेला बाबुले आर्र्जेको लाखौंको सम्पत्ति (हाल करोडौको ) स्वाहा बनाएको बताउँछन् । नशामुक्त भैसकेका कपिल लागुऔषधले गर्दा आफ्नो उर्बर जीवन आफंैले नष्ट गरेको र परिवारलाई घात गरेको अनि हाल करोडौं पर्ने सम्पत्ति सखाप बनाएकोमा पश्चाताप मान्छन् । उनका अनुसार उनी आफूमात्र लागुऔषध सेवन गर्दैनथे आफना दजनौं साथीहरुले भारतीय बजार जोगबनीमा गएर लागुऔषध प्रयोग गरेको पैसा पनि तिरिदिन्थे । त्यत्तिमात्र हैन उनले लागुऔषध सेवन गर्ने आफ्ना साथीहरुलाई बिजनेश गर्न भनेर पैसा पनि दिने गर्दथे । अहिले आफूले लागुऔषध सेवन गरेर करोड पर्ने सम्पत्ति सकेकोमा पछुतो मान्दै तरक्क आँसु झारेर कपिल भन्छन्, ‘थुइक्क मैले माल (नशा) नखाएको भए न त मेरो सम्पत्ति सकिन्थ्यो न त आफ्नो जीवन २० वर्ष अँध्यारोमा पर्ने थियो ।’
उनले नशा सेवन गर्ने पैसा नदिएको झोंकमा आफ्नै छोरालाई करेन्ट लगाउने प्रयास पनि गरेका थिए । नशामुक्त भएपछि छोरा पढाउने पैसा नहुँदा विरक्तिएर आत्महत्याको प्रयास पनि गरेका थिए ।
किरिया बसैकै ठाउँबाट भाग्ने प्रयास
कुलतमा फसेपछि मान्छे हदैसम्मको कठोर र संवेदनाहीन बन्ने गर्दछ । कपिलले पनि आफ्नै बाबु मर्दा पनि उनको करुणा रसाएन । सबैले रुवाबासी गर्दा उनमा करुणको कुनै ‘फिलिङ’ नै आएन । बाबुलाई जलाउँदा घाटबाट र किरिया बस्दा घरबाट उनी पटकपटक नशा लिन नपाउँदा छट्पटिएर भाग्न खोजे । तर, आमालाई सम्झेर सम्हालिए । त्यसपछि उनले १९ भदौ २०४० का दिन कहिल्यै नशा नलिने प्रण गरे । आज पनि कपिल त्यो दिनलाई बोल्ड निर्णय लिएको दिन भनेर स्मरण गर्छन् ।
मायाप्रेमको अभाव र संगतले बनाउँछ दुव्र्यसनी
दुव्र्यसनीबाट नशामुक्त भएर समाजमा पुर्नस्थापित भई पहिले जस्तै सफल जीवन बाँचिरहेका कपिल मान्छे मायाप्रेमको अभाव, संगत र बेवास्ताले दुव्र्यसनी बन्ने गरेको बताउँछन् । दुव्र्यसन विरामी हुन् यसैले गाली गरेर डरत्रास देखाउँदै यातना दिएर मात्र दुव्र्यनीहरु सुध्रिन नसक्ने कपिलको बुझाइ छ । ‘उनीहरुलाई घृणा हैन माया र हेरचाहको खाँचोपर्छ,’ उनी भन्छन् । माया र हेरचाह नभएकै कारण सुधारकेन्द्रमा भर्ना भएका आठ प्रतिशत त्यस्ता व्यक्तिहरु मात्र उठेर नशामुक्त जीवन बाँच्न सफल भएको तथ्यांङक रहेको शिक्षक कपिल बताउँछन् ।
समाजले अझै दुव्र्यसनीहरुलाई घृणा गर्ने गरेको छ । अझै सुधार केन्द्रमा बसेर आएको भनेर थाहा पाउनासाथ छिःछी दुरदुर गर्ने मात्र नभएर सकभर टोलमै बस्न दिइँदैन । अझै केही गाउँहरुमा ‘यहाँ सुधार केन्द्रमा बसेर आएकाहरुलाई प्रवेश निषेध छ’ भनेर पनि सूचना टाँस्ने गरिएको छ । तर कपिल भने दुव्र्यसनीहरुलाई समाजमा खुलेर बाँच्न सक्ने वातावरण सबैले सिर्जना गरेमात्र उनीहरुलाई पुनसर््थापित हुन सहयोग पुग्ने बताउँछन् । स्थानीय, प्रदेश र केन्द्रीय सरकारहरुले चासो दिएमात्र नशामुक्त अभियान सफल हुनसक्ने कपिलको बुझाइ छ ।