पाँचथरमा अर्को पनि भेटियो विस्फोटक पदार्थ

विराटनगर । पाँचथरको फालेलुङ –५ विस्फोटक पदार्थ पड्किँएकै स्थानमा अर्को पनि विस्फोटक पदार्थ फेला परेको छ । नेपाली सेनाको डिस्पोजल टोलीले विस्फोटक पदार्थ फेला पारेको हो ।

अन्य पनि विस्फोटक पदार्थ हुन सक्ने प्रहरीको अनुमान रहेको छ । नेपाली सेनाको डिस्पोजल टोलीले खोजी गरीरहेको प्रहरीले जनाएको छ । भेटिएको वस्तु ग्रिनेड वा बम हुन सक्ने प्रहरीको अनुमान छ ।

बिहीबार दिउँसो ३ बजे विस्फोटक पदार्थ पकिँड्दा दुई बालबालिकाको ज्यान गएको छ । विस्फोटक पदार्थ पड्किँदा घाइते भएका दिप्सन साँवा र प्रियंशा साँवाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु भएका बालबालिका एकै घरका दाजुबिहिनी हुन् ।
.

शुक्रबार, १४ भदौ, २०८१, बिहानको ०८:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर