काठमाडौं । साफ यु–२० च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । नेपाललाई पराजित गर्दै साफ यु–२० च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको हो ।
बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई ४–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।खेलमा बंगलादेशले पहिलो हाफको अन्त्यमा पहिलो गोल गरेको थियो । बंगालदेशका लागि पहिलो गोल मिरजुल इस्माइलले गरेका थिए ।
त्यसपछि दोस्रो गोल मिराजुलले नै खेलको ५५औँ मिनेटमा गरेका थिए । त्यस्तै बंगलादेशका लागि तेस्रो गोल खेलको ७१औँ मिनेटमा रब्बी हुसेनले गरेका थिए भने ९० मिनेटको इन्जुरी समयपछि बंगलादेशक पियास अहमद नोभाले चौथो गोल गरेका थिए ।
नेपालका लागि एक गोल समीर तामाङले ८०औँ मिनेटमा गरेका हुन् ।
योसँगै बंगलादेशले पहिलो पटक साफ यु–२० च्याम्पियनसिपको उपाधि जितेको छ ।