हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । आज देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखालुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, कोशी, मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर आंशिकदेखि साधरणतया बदली रहने छ।

कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ।

बुधबार, १२ भदौ, २०८१, बिहानको ०८:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर