काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी कार्यक्रममा नाराबाजी भएको छ ।
गौरा पर्वको अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रममा नाराबाजी भएको हो । नेताहरूले बोल्ने क्रममा नाराबाजी भएको थियो । सुरुमा प्रधानमन्त्री ओलीले बालेका थिए । कार्यक्रममा सुरुमै प्रधानमन्त्री ओली बोल्दा नाराबाजी भएपछि छोटो बोलेर निस्किएका थिए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बोल्दा पनि नाराबाजी भएपछि उनी आक्रोशित भएका थिए ।
आफू बोल्न थाले लगत्तै नाराबाजी भएपछि देउवाले आक्रोशित हुँदै भने, ‘तपाईँहरू जति कराउनु छ कराउनुस्, लाज पनि छैन । कार्यक्रम बिथोल्ने रु लाज नभएकाहरू । यही हो तिमीहरूको संस्कृति रु यही हो नेपालको चलन रु यही हो सिकेर आएको रु यस्तै छ, गौरापर्व सुन्न खेल्न र हेर्न आएकाहरू छन् । न देउडा खेल्न दिन्छन्, कार्यक्रम बिथोल्नेहरू पछाडि बसेका छन् ।’