साफ यू–२० च्याम्पियनसिपको फाइनलमा नेपाल

विराटनगर । साफ यू–२० च्याम्पियनसिपमा भुटानलाई सेमिफाइनलमा हराउँदै नेपाल फाइनलमा पुगेको छ ।

आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सम भएको सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा ४–१ गोलले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।

पेनाल्टीमा नेपालका लागि राम थापा, अभिनास स्याङतान र सिमान्त थापा गोल गरेका थिए । भुटानका जोत्सिन दोर्जीले पहिलो गोल गरे । तर, दोस्रो प्रहार गरेका जिग्मे नाम्गेल र तेस्रो प्रहार गरेका उर्गेन दोर्जीको प्रहारलाई नेपालका गोलकिपर जयरथ शेखले विफल पारे ।

नेपालका लागि चौथो पेनाल्टी उनै शेखले प्रहार गरे । जसमा शेखले गोल गर्दै नेपाललाई फाइनलमा पुर्‍याए ।

खेलमा अग्रता भने भुटानले लिएको थियो । ५६ मिनेटमा जोत्सिन दोर्जीले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । उनले डिबक्स बाहिरबाट हानेको सशक्त प्रहारलाई नेपालका गोलकिपर जयरथ शेखले भेउ पाउन सकेनन् ।

नेपालले ७८ मिनेटमा नेपालले बराबरी गोल फर्काउन सफल भएको थियो । त्यसअघि भुटानले रातो कार्ड पाएपछि प्राप्त फिकिङ बलबाट आएको पासबाट निराजन धामीले सिक्स यार्ड बक्समा हेड गर्दै बललाई जाली चुमाएका थिए ।

अब उपाधिका लागि नेपालले भारत वा बंगलादेश मध्ये एक टोलीसँग बुधबार दशरथमा प्रतिस्पर्धा गर्नेछ ।

आइतबार, ०९ भदौ, २०८१, साँझको ०५:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर