उर्लाबारी वाणिज्य संघको निर्वाचन : सिरेङ र थापाको समूह चुनावी मैदानमा

उर्लाबारी । उर्लाबारी उद्योग वाणिज्य संघको नेतृत्व हातपार्न राजनीतिक दलहरु क्रियाशील बनेका छन् । आउँदो भदौ ९ गते हुने निर्वाचनलाई राजनीतिक दलहरुले प्रतिष्ठाको विषय बनाउँदै तयारी थालेका छन् । अहिलेसम्मको चुनावका लागि स्पष्टरुपमा दुई वटा समूह अगाडि सरेका छन् । केही स्वतन्त्र उम्मेदवारहरु पनि चुनावी मैदानमा उभिने देखिएको छ ।

उद्योग वाणिज्य संघ उर्लाबारीको आसन्न चुनावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित चार राजनैतिक दल मिलेर लोकतान्त्रिक समावेशी समूह बनाएका छन् । उक्त समूहले अध्यक्ष पदमा तारामान सिरेङ (लिम्बू)लाई अगाडि सारेको छ । यसैगरी एमाले रामबहादुर थापाको नेतृत्वमा चुनावमा जाने भएको छ । लिम्बू नेतृत्वको ‘लोकतान्त्रिक समावेसी व्यावसायीक साझा गठबन्धन’ ले शुक्रबार नै उम्मेदवार घोषणा गरिसकेको छ ।

लिम्बूको समूहबाट वरिष्ठ उपाध्यक्षमा निर्मला चौहान, उद्योग उपाध्यक्षमा प्रभु राई, वाणिज्य उपाध्यक्षमा रामप्रसाद धिमाल, महासचिवमा पवन चौधरी, उद्योग सचिवमा भेषबन्धु निरौला, वाणिज्य सचिवमा राजकुमार श्रेष्ठ, कोषाध्यक्षमा दशरथ यादव (बेचन), र सदस्यमा फुर्वा तामाङ, मदन धिमाल, दीपक कार्की, केशव भट्टराई र सोमबहादुर गजमेर रहेका छन् । लेखा समिति संयोजकमा राप्रपाका मनोज लुइँटेल, सदस्यमा मोहन पाठक र वासु घिमिरेलाई उम्मेदवार बनाएको छ ।

थापा नेतृत्वको समूहले बुधबारै उम्मेदवार घोषणा गरेको थियो । थापाको समूहबाट वरिष्ठ उपाध्यक्षमा इन्द्रबहादुर भट्टराई, उद्योग उपाध्यक्षमा सुनिल बोहोरा, वाणिज्य उपाध्यक्षमा विकाश बुढाथोकी, महासचिवमा सम्झना खतिवडा, उद्योग सचिवमा नन्द शर्मा दाहाल (नविन), वाणिज्य सचिवमा बिनिता दाहाल, सदस्यमा सोम सेन्चुरी र कपिलेश्वर नायकको उम्मेद्वारी घोषणा गरिएको छ । स्वतन्त्रबाट महासचिवमा नुतन राईले उम्मेदवारी दिएका छन् ।

अध्यक्षका उम्मेदवार लिम्बू नेतृत्वको समूहले उम्मेदवारी घोषणा गर्दै आफ्नो चुनावी एजेण्डा पनि सार्वजानिक गरेका छन् । उनीहरुले संघका सदस्य व्यावसायीहरूलाई १ लाख रुपैयाँ बराबरको निःशुल्क दुर्घटना बिमा गरिदिने घोषणा गरेका छन् । यस योजनाले व्यावसायिक दुर्घटनामा परेका व्यावसायीलाई आपतकालीन अवस्थामा राहत र सहयोग प्रदान हुने अध्यक्षका उम्मेदवार लिम्बूले बताए ।

आइतबार, २७ साउन, २०८१, बिहानको ११:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर