काठमाडौं । काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनल खेलको दोस्रो सेट भारतले जितेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा जारी खेलमा पहिलो सेट २३ –२५ ले गुमाएको भारतले दोस्रो सेटमा भनेर फराकिलो अंकले जितेको हो । २५–१४ ले आफ्नो पक्षमा पारेको हो । यो सेटमा नेपालको कमजोर प्रदर्शन रह्यो ।
नेपालले लिग चरणमा भारतलाई ३–२ को सेटमा पराजित गरेको थियो।
यस्तै प्रतियोगितामा इरान तेस्रो भएको छ। बुधबार इरानले श्रीलंकालाई २५–२२, २८–२६, २५–१७ ले पराजित गर्दै प्रतियोगितामा तेस्रो भएको हो।