ग्रामथान सहकारी सञ्जालद्वारा राहत हस्तान्तरण

विराटनगर । ग्रामथान सहकारी सञ्जालद्धारा मोरङको ग्रामथान गाउँपालिकालाई १ लाख २५ हजार मूल्य बराबरको खाद्यान्न सामाग्री राहत हस्तान्तरण गरिएको छ ।

सञ्जालद्वारा गाउँपालिकालाई आज खाद्यान्न सामाग्री उपलब्ध गराइएको हो । लकडाउनका कारण आयआर्जन न्यून भई दुई छाक टार्न हम्मेहम्मे परेका गरिब तथा विपन्न वर्गका परिवारका लागि उक्त राहत प्रदान गरिएको हो ।

विपन्न २ सय ५० घरपरिवारका लागि सञ्जालले २० क्विन्टल चामल, १ क्विन्टल दाल, १ सय लिटर खाने तेल, २ सय केजी नुन र २ सय थान साबुन लगायतका सामाग्री उपलब्ध गराएको हो । सञ्जालका अध्यक्ष बिजयकुमार सरदारले गाउँपालिकाकी उपाध्यक्ष फुलकुमारी चौधरीलाई उक्त सामाग्री हस्तान्तरण गर्नुभयो ।

गाउँपालिका भित्रका ७ वटै वडा अन्र्तगत प्रत्येक वडाका २८ जना अति विपन्न परिवारलाई गाउँपालिकामार्फत वितरण गर्ने गरी खाद्यान्न उपलब्ध गराइएको सञ्जालका अध्यक्ष सरदारले बताउनुभयो । उहाँले लम्बिदै गएको लकडाउनका कारण बढ्दै गएको भोकमरीको अवस्थालाई निरुत्साहित पार्न सञ्जाल आबद्ध १६ वटा सहकारीको सहयोगमा राहत उपलब्ध गराइएको जानकारी दिनुभयो ।

खाद्यान्न सामाग्री हस्तान्तरणमा भने सञ्जालका सचिव भुप चौधरीसहित सदस्यहरु संजय चौधरी, सुरेश चौधरी र अन्ति चौधरीलगायतको उपस्थिति रहेको थियो ।

आइतबार, २८ बैशाख, २०७७, साँझको ०६:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर