काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चले अस्वीकार गरेको छ । उनि एक महिनादेखि थुनामा छन् ।
बिहिबार न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले बन्दी प्रत्यक्षीकरण निवेदनमा अन्तिम आदेश गर्दै कानुन बमोजिम गर्नु भनी आदेश गरेको हो ।
थुनामा रहेका झाका छोरा दिव्यांशु शेखर झाले गत असार ३० गते सर्वोच्चमा रिट हालेका थिए । सो रिट असार ३१ गते न्यायाधीश विनोद शर्मा र गत साउन ६ गते ढुंगानका कै इजलासमा पेशी परेको थियो । आफू अनुकुलका न्यायाधीश नभएको भन्दै उनका कानून व्यवसायीले पेशी स्थगित गरेका थिए ।
झालाई प्रहरीले गत असार १५ गते राति पक्राउ गरेको थियो ।