विराटनगर, १ फागुन÷ विराट राजवंशीहरुले आपूmहरुलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचिकृत हुनुपर्ने माग राखेका छन् ।
विराट राजवंशी समाज उत्थान समितिले विराट राजवंशी समुदाय पूर्वी तराइको मूल आदिवासी एवं भूमिपूत्र भएकोले राष्ट्रिय प्रतिष्ठानमा सूचिकृत गर्न माग गरेको हो ।
राजवंशीहरुले सुचिकृतको लागि दबाब दिन फागुन ६ गते विराटनगरस्थित वीरेन्द्र सभा गृहहलमा १३ औंै बृहत भेला हुने जानकारी गराएको हो । भेला अगाडि विराटनगरमा जातीय भेषभूषा, भोषा, सँस्कृति पहिचान झल्काउने झाँकीसहित ¥याली निस्कने कार्यक्रम रहेको संयोजक कुशेश्वर राजवंशीले जानकारी दिनुभयो । भेलाको तीन दिन अगाडि शनिबार विराटनगरमा मोटसाइकल ¥यालीसमेत निकालिनेछ ।
विराटनगरको प्रथम जातिको रूपमा विराट राजवंशीलाई घोषणा गरिनुपर्ने माग पनि विराट राजवंशीहरुले गरेका छन् । यस्तै भेडियारीस्थित विराट दरवार क्षेत्रको संरक्षण एवं सम्बद्र्धनका लागि विराट राजवंशी समुदायको नेतृत्वमा पर्यटकीय क्षेत्रको रूपमा विकास गरिनुपर्ने उनहिरुको माग छ ।