विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीेले प्रदेशलाई प्रविधिमैत्री बनाउन सरकारले हरसम्भव प्रयास गर्ने बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले निर्माण गरेको ‘कोशी प्रदेश विपद् व्यवस्थापन पोर्टल’ को उद्घाटन गर्दै उनले विपद्बाट हुने क्षतीलाई न्यूनीकरण गर्न र जनताको जीउधनको सुरक्षागर्न प्रदेशलाई प्रविधिमैत्री बनाउन सरकार तत्पर रहेको बताएका हुन् ।
आगलागी, बाढी, पहिरो, जंगली जनावरको आक्रमणको जोखिम क्षेत्र लगायत सबै प्रकारका विपद्को उच्च जोखिममा रहेका स्थानहरुको पहिचान गरी त्यस्ता क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न र त्यसमार्फत नागरिकलाई विपद्को पूर्व सुचना प्रवाह गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई उनले निर्देशन समेत दिए ।
प्रदेशलाई प्रविधिमैत्री बनाउन के कस्तो कानुनी र नितिगत प्रवन्ध गर्नुपर्छ र यसकालागि के कस्तो जनशक्ति तथा बजेटको व्यवस्था गर्नुपर्छ त्यसको प्रबन्ध गर्न पनि उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।
सरकारले निर्माण गरेका यस्ता एप तथा पोर्टलहरुको प्रभावकारीताको बारेमा समय समयमा अध्ययन समेत गर्न उनले निर्देशन दिए । ‘सरकारले यस्ता एपहरु बनाउने र केहि समयपछि निस्प्रभावी हुने हो भने बनाउनुको कुनै अर्थ हुँदैन,’ उनले भने, ‘त्यसैले यस्ता पोर्टलहरुको प्रभावकारीताको बारेमा अध्ययन गर्ने, यसले समाजमा पारेको सकारातमक र नकारात्क सबै प्रभावको बारेमा बेलाबेलामा अपडेट गर्नुपर्छ ’।
आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले विपद्को जोखिमबाट नागरिकको सुरक्षा र उद्धारमा प्रदेश सरकार सधै तत्पर रहेको बताए। प्रदेश सरकार आफ्नो साधन स्रोतले भ्याएसम्म नागरिकको सेवामा अहोरात्र खटिरहेको उनले बताए । विपद्का घटना भएपछि उद्धार र राहतमा खट्ने मात्र नभइ जोखिमको पूर्व सुचना दिइ नागरिकको जिउधनको रक्षा गर्ने उद्देश्यले नै सरकारले सो पोर्टलको निर्माण गरेको उनको भनाइरहेको छ ।
एक लाख लागतमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले निर्माण गरेको सो पोर्टलमा वाढीपहिरो आउने स्थानका नागरिकहरुलाई पूर्व सूचनाको जानकारी दिनुका साथै प्रहरी, एम्बुलेन्स लगायतत आकस्मिक सेवाकालागि फोन गर्न सकिने सुविधा समेत उपलब्भ छ । पार्टलमा नागरिक सुझाव, गुनासो, स्थलगत आकस्मिक सम्पर्क, प्रकृयागत अवस्थामा आधिकारिक भिडियो सम्वोधन, न्यूज फिड लगायतका सुविधा रहेका छन् ।