हात्ती आएको सूचना अब एपबाटै

विर्तामोड । हात्ती आगमन सूचना प्रविधि केन्द्र झापाको मेचीनगरमा सञ्चालनमा आएको छ । केन्द्रको मेचीनगर—४ बाहुनडाँगीमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेको प्रबिधि मेचीनगर नगरपालिकाले जडान गरेको हा ।

सभामुख घिमिरेले आफ्नै मोबाइलमा ‘लुना जीपीएस एप’ डाउनलोड गरी त्यसको बटम थिचेर सूचना प्रवाह गरी कन्ट्रोल रुममा रहेको स्क्रिनमा साइरन बजेपछि विधिवत रूपमा केन्द्रको शुभारम्भ भएको थियो । बाहुनडाँगी छोटी भन्सारको भवनलाई कन्ट्रोल रुम बनाइएको छ भने त्यही स्क्रिन राखिएको छ ।

एपमार्फत हात्ती आएको संकेत कसैले गरेमा साइरन बज्नेछ र सर्वसाधारणले हात्ती आएको खबर पाउने छन् । हात्तीका लागि देशभरमै पहिलो पटक झापाको मेचीनगरमा केन्द्र सञ्चालनमा ल्याएको सहजकर्ता उज्यालो नेपाल बर्दिया र समाजका लागि युवाको सहकार्य धनगढीका सल्लाहकार रमेश थापाले जानकारी दिए ।

उज्यालो नेपाल बर्दिया र समाजका लागि युवाको सहकार्य धनगढी नामक संस्थाले करिब ८ लाख रुपैयाँको लगानीमा यो प्रविधि सञ्चालनमा ल्याएको मेचीनगर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले जानकारी दिए । सभामुख घिमिरेले हात्तीको आतंकका कारण हरेक वर्ष मानिसको मृत्युसँगै हजारौँ घरपरिवार विस्थापित हुने गरेकोमा यो प्रबिधिले त्यसलाई कम गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।

झापाको मेचीनगर–४ स्थित बाहुनडाँगीमा जङ्गली हात्तीको समस्या ज्याँदै हुने गरेको छ । हात्तीका कारण ठूलो धनजनको क्षति, खेतीयोग्य जमिनको विनाससँगै जनजीवनमा ठूलो असर पारेको छ ।

बाहुनडाँगी भारतबाट नेपालमा हात्ती प्रवेश गर्ने मुख्य गौडा हो । जहाँ दैनिकजसो दर्जनौंको संख्यामा हात्तीहरू नेपाल प्रवेश गर्छन् ।

सोमबार, २५ असार, २०८१, बिहानको ०८:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर