विराटनगर । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले ६ मन्त्रीलाई बर्खास्त गरेका छन् ।
सिंहले शनिबार विश्वासको मत लिनुअघि नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका मन्त्रीहरू बर्खास्त गरेका हुन् ।
केन्द्रीय राजनीतिमा सत्ता समीकरण परिवर्तन भएअनुसार उनले ६ मन्त्रीलाई बर्खास्त गरेका हुन ।
मधेशमा अब अब नेपाली कांग्रेससहित लोकतान्त्रिक समाजवादी पार्टीलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ।
सिंहले आजै प्रदेशसभामा विश्वासको मत लिने कार्यसुचिरहेको छ ।