विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी असार २८ गते प्रतिनिधिसभामा विश्वासको मत लिने सम्बन्धि प्रस्ताव पेश गर्ने भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने सम्बन्धि प्रस्ताव प्रतिनिधिसभामा पठाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सरकारमा सहभागी दल नेकपा एमालेले आफ्ना मन्त्रीहरु फिर्ता गरेर सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने बाध्यता छ । एमालेले आजै प्रतिनिधिसभामा सरकारलाई दिएको समर्थन फिर्तासम्बन्धि जानकारी गराएको छ ।
नेकपा एमाले र नेपाली काँग्रेसले गठनबन्धन गरेर नयाँ सरकार निर्माण गर्ने सहमति गरेकोले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने संभावना भने देखिएको छैन ।