एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिव भुसाल

काठमाडौं । एकीकृत समाजवादीमा माधब नेपाल दोहोरीएका छन् । उनि सर्वसम्मत अध्यक्षमा दोहोरीएका हुन । त्यस्तै सम्मानित नेता झलनाथ खनाल बनेका छन् भने महासचिव घनश्याम भुसाल बनेका छन्।

मुख्य नेतृत्वबीच सहमति भएपछि पदाधिकारी घोषणा गरिएको हो।सहमतिलाई महाधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले महाधिवेशन हलमा पेस गरेका थिए। त्यसलाई महाधिवेशन हलले अनुमोदन गरेको थियो।

राजधानीको प्रज्ञा प्रतिष्ठानमा जारी महाधिवेशनमा सहमतिमै नेतृत्व चयन गर्न नेताहरू छलफलमा जुटेका थिए। अध्यक्ष माधव नेपालले बिहीबार बिहानैदेखि विभिन्न नेताहरूसँग छलफल थालेका थिए।

एकीकृत समाजवादीको महाधिवेशनले २१ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ। महाधिवेशनमा १ हजार ८ सय ४९ प्रतिनिधि रहेका छन्।

बिहिबार, २१ असार, २०८१, साँझको ०६:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर