एसईई कपको उपाधि सहिद स्मृती स्कुललाई

विराटनगर । एसईई कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि सुनसरीको तरहरास्थित सहिद स्मृती आवासीय माबिले जितेको छ ।
पोखरिया युथ केयर एकेडेमीको आयोजनामा विराटनगरको सहिद मैदानमा बुधबार सम्पन्न भएको फाइनल खेलमा विराटनगरको पोखरीया स्कुललाई १–० गोलले हराउँदै सहिद स्मृति स्कुलले उपाधि जितेको हो ।

उपाधिसँगै सहिद स्मृतिले २२ हजार २ सय २२ रुपैयाँ पुरस्कार पायो ।
जितको लागि सहिद स्कुलका युजिन चौधरीले निर्णायक गोल गरे । बेस्ट फरवर्डमा सहिद स्मृती स्कुलका युजिन चौधरी, बोस्ट गोलकिपर सविन बिक, बेस्ट कोच कोषराज दाहाल घोषित भए । बेस्ट प्लेयर पोखरीयका युनिष चौधरी घोषित । उनले साइकल पाए ।
विधागत रुपमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई विराटनगरमा रहेको कोबास कलेजले पूर्ण छात्रवृत्ती दिने भएको छ ।
बिजेता हुने विद्यार्थीहरुलाई खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव पर्शुराम बस्नेतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा मोरङ र सुनसरीका ४४ वटा विद्यालयहरुको सहभागि रहेको कार्यक्रम संयोजक विक्रम कार्की (बिक्की) ले जानकारी दिए ।

बुधबार, २० असार, २०८१, रातीको ०८:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर