एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने

काठमाडौं । सहकारी विभागले सहकारी संस्थाका सञ्चालकलाई ३० दिनभित्र दोहोरो पद छाड्न निर्देशन दिएको छ । सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ ।

विभागले कोही दोहोरो पदमा रहेको भए त्यसलाई त्यागेर एकल पद कायम गर्न सबै सहकारी संस्थालाई आज निर्देशन दिएको हो ।

सहकारी ऐन २०७४ को दफा ४१ ९५० मा कुनै व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था रहेकोले ऐनको उक्त प्रावधान कार्यान्वयन गर्न निर्देशन जारी गरिएको सहकारी विभागका रजिस्ट्रार पीताम्बर घिमिरेले जानकारी दिए ।

सहकारी बैंकको हकमा पनि यस्तै निर्देशन दिइएको छ ।

बुधबार, २० असार, २०८१, साँझको ०६:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर