बहुमत सांसदले संसदीय दलको नेताबाट रञ्जितालाई हटाए,रेशम बुवालाई प्रमुख सचेतकको जिम्मेवारी

विराटनगर । नागरिक उन्मुक्ति पार्टीका बहुमत सांसदले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाएका छन् । श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले गङ्गा चौधरीलाई दलको नेता चयन गरेका छन्।

चौधरी यसअघि प्रमुख सचेतक थिए । प्रमुख सचेतक रहेका चौधरीलाई दलको नेता चयन गर्दै प्रमुख सचेतकको जिम्मेवारी लालवीर चौधरीलाई दिने निर्णय भएको छ । लालवीर रेशम चौधरीका बुवा हुन्।

नाउपा केन्द्रमा चार सांसद छन्। ती मध्ये तीन जनाले उक्त निर्णयमा हस्ताक्षर गरेका छन्। केहि समय मथर वनेको बिबाद पुन सतहमा आएको हो ।

गङ्गा चौधरी, अरुण चौधरी र लालवीर चौधरीले नाउपा संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाउँदै गंगा चौधरीलाई जिम्मेवारी दिने निर्णयमा हस्ताक्षर गरेका छन् भने रञ्जिता चौधरीको हस्ताक्षर छैन।

सोमबार, १८ असार, २०८१, बिहानको ०८:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर