आगामी बिहीबारसम्म देशभर पानी पर्ने ,कोशीका १३ जिल्लामा अति प्रभावित हुने सम्भावना

विराटनगर । आउँदो बिहीबारसम्म देशका विभिन्न ठाउँमा निरन्तर पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मनसुन सक्रिय हुँदै गएकाले

वर्षाबाट ३४ जिल्ला अति प्रभावित हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । विशेष बुलेटिन जारी गर्दै महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३४ जिल्लामा ‘रेड अलर्ट’जारी गरेको हो ।

यसैगरी २६ जिल्लामा मध्यम जोखिमको सम्भावना रहेको भन्दै ुयलो अलर्टु जारी गरेको छ । रेड अलर्टले अति जोखिम र यलो अलर्टले मध्यम जोखिमको संकेत गर्दछन् ।

यसअघि महाशाखाले असार १२ गतेदेखि १७ गतेसम्म सतर्कताको सूचना जारी गरेको थियो ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

सोमबार, १८ असार, २०८१, बिहानको ०८:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर