विराटनगर । कोशी प्रदेश सभा सदस्य जीवन आचार्यको पहलमा मोरङ क्षेत्र नम्बर ६(१) मा झण्डै ५० करोडका तीन दर्जन योजना परेको छ । संघीय सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको रातोकिताबमा ४९ करोड ५१ लाख ३८ हजार रुपैयाँका ३२ वटा योजना सो क्षेत्रका लागि परेको हो ।
आचार्यको पहलमा सुन्दरहरैचा ८ गोठगाउँस्थित पूर्वाञ्चल विश्व विद्यालयमा ३०० बेड अस्पताल र मेडिकल साइन्स पूर्वाधार निर्माणका लागि १६ करोड ४१ लख रुपैयाँ बजेट विनायोजन गर्न सफल भएका छन् ।
त्यसैगरी विराटनगर महानगरपालिका चक्रपथ निर्माण (बुढीगंगा गोकुवा देखि बिराटनगर–जहदा–कटहरी–ग्रामथाम सम्म) ८ करोड, बुढीगंगा गाउँपालिकामा रहेको थारु संग्रहालयको भवन निर्माणको लागि ५० लाख, टंकी चौक सडकमा वाइपास–अमाही सडक स्तरोन्रती बुढीगंगा २ मा १ करोड, बुढीगंगा ६ स्थित खेल मैदान निर्माण २५ लाख रुपैयाँ बजेट विनायोजन गरिएको छ ।
त्यस्तै बुढीगंगा ढल निर्माण ५० लाख, टंकीसिनुवारी सहलगानी खानेपानी तथा सरसफाई आयोजनामा ३६ लाख, बुढीगंगा–६ ऐलानपुर झोलुङ्गे पुलको लागि ५० लाख ३० हजार, मदाहा खोला पक्की पुल, सुन्दरहरैंचा २ सडक पुलको लागि ५० लाख, बृन्दावन गौशालामा नदी नियन्त्रण सुन्दरहरैचा न.पा. ५ स्थित १८ लाख रुपैयाँ बजेट आचार्यको पहलमा भएको छ ।
यसैगरी विराटनगर–४ अन्तर्गत बस्ता पैनिदेखि इक्राही हुँदै केशलिया खोला सम्मको सडक स्तरोन्रतीको लागि १२ लाख, अमाही चोक पश्चिम तिताडी रामजानकी मंन्दिर सडक स्तरोन्रतीमा १ करोड, डंग्राहाको ग्रामस्थान कमलपुर जिम्दार टोल तिलाठी गुडगुडी सडक स्तरोन्रतीमा १ करोड, नेमुवा चौकबाट गाउँपालिका सडक निर्माणमा १ करोड, रामजानकी मन्दिर हुँदै डंग्राहा, कमलपुर, आदिवासी चौक, मझुवा सडक स्तरोन्रतीमा १ करोड, बुढीगंगा गा.पा. ३ र ४ को सिमानादेखि मुढेरी सरदार टोल सडक निर्माणमा १ करोड रुपैयाँ बजेट परेको छ ।
यसैगरी बुढीगंगा ७ बजरंगवलीदेखि खनार जाने कोशी नहर सडक स्तरोन्रतीमा १ करोड, बुढीगंगा १ टंकीसिनवारी चोकदेखि सशस्त्र क्याम्प जाने बाटो सडक निर्माणमा १ करोड, विराटनगर ४ त्रिलोक मार्गबाट सहिद मार्ग हुँदै बुढीगंगा २ स्वास्थ चौकीसम्म जाने सडक स्तरोन्रतीमा २ करोड २० लाख, रामजानकी मन्दिरदेखि दक्षिण नहरसम्म नाला निर्माण तथा बाटो कालो पत्रे बुढीगंगा ५ को लागि १ करोड, इक्राही चोकदेखि दक्षिण राममन्दिर हुँदै दंक्षिण यादव टोलसम्म दुवै तर्फ नाला सहित सडक स्तरोन्रतीमा ५० लाख रुपैयाँ बजेट विनायोजन गरिएको छ ।
विराटनगर ४ राजबंशी टोल–सगरमाथा टोल जोलाटोल रिङ रोड–अमाही जोड्ने सगरमाथा मार्ग सडक स्तरोन्रतीमा ५० लाख, सुन्दरहरैंचा–५ नयाँ वृन्दावन गौशाला ज्येष्ठ नागरिक धर्मशाला निर्माण ३० लाख, गछिया खोला झोलुङ्गे पुल बृन्दावन गौशालामा १० लाख, बुढीगंगा गाउँपालिका ३ स्थित गोकुवा नहरचोक पूर्व खद्रासम्मको सडक स्तरोन्रतीमा ५० लाख, बाँसवारी चोकदेखि मिलन चोक हुँदै टंकीसिनवारी जाने सडक निर्माणमा १ करोड, सुन्दरहरैंचा २ करैवना चोक, हरैचा बजार, चाँदनी चोक हुदै जाने सडक स्तरोन्रतीमा २ करोड २० लाख ५० हजार, नहरपथ कालो पत्रे विराटनगर ४ मा ३० लाख रुपैयाँ संसद आचार्यको पहलमा बजेट विनायोजन भएको छ ।
Very good