प्रदेश सरकारले सहकारी क्षेत्रलाई प्राथमिकता दिन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले सहकारी क्षेत्रलाई आगामी नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताएका छन् । विराटनगरमा शनिबार आयोजित सहकारी संस्थाहरू सु–संचालनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सहकारी रोजगार सिर्जना गर्न सक्ने क्षेत्र भएको बताए ।

वर्तमान समयमा सहकारीप्रति नकारात्मक धारणा बढिरहेको बताउँदै उनले त्यसलाई चिर्न सहकारीले उत्पादनमूलक काम गर्नुपर्ने बताए ।

‘सहकारी भनेपछि जे पनि गर्न्न मिल्ने चलन बस्यो,’ उनले भने, ‘गरिबी उत्थानको लागि खोलिएका सहकारी धनिले धन कमाउने अखडा जस्तो देखियो ।’

पैसा जम्मा गर्दा थोरैथोरै हुने र झिक्दा धेरै हुने भएकाले सबै एकै पटक माग्न आउदा सहकारी मात्र हैन बैंकले पनि फिर्ता दिन नसक्ने बताउँदै मुख्यमन्त्री कार्कीले कतिपय सहकारी अफवाहका कारण पनि समस्यामा आएको बताए । उनले भने, ‘नियमन प्रक्रिया पनि कमजोर भयो । नियमन गर्ने निकायले कस्तो नियमन गरो भनेर अब सरकारले विशेष ध्यान दिन्छ ।’

कोशी प्रदेशका सहकारीको बिकासको लागि र समस्या आउन नदिनको लागि पनि सरकारले ध्यान दिनेमा उन जोड दिए ।

शनिबार, १९ जेठ, २०८१, साँझको ०६:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर