विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो प्रेस सल्लाहकारमा विराटनगरका पत्रकार बिक्रम लुईटेललाई नियुक्त गरेका छन् ।
हाम्रोमत दैनिकका स्तम्भकारसमेत रहेका लुईटेललाई मुख्यमन्त्री कार्कीले सोमबार प्रेस सल्लाहकार नियुक्त गरेका हुन् ।
पत्रकार लुईटेल नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका संस्थापक अध्यक्ष हुन् । प्रेस चौतारी नेपालका केन्द्रीय सचिवसमेत रहेका उनी दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।
मुख्यमन्त्री कार्कीले यसअघि मुख्य न्यायाधीवक्तामा नारायण वस्ती र प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. राजेन्द्र अधिकारीलाई नियुक्त गरिसकेका छन् । यस्तै जनसम्पर्क सल्लाहकारमा रवि खनाल र प्रमुख स्वकीय जीवन कार्की नियुक्त भइसकेका छन् ।