आईपीएलमा बुधबार राजस्थान रोयल्स र पञ्जाब किंग्स भिड्ने

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलमा बुधबार राजस्थान रोयल्स र पञ्जाब किंग्स भिड्दैछन्। खेल नेपाली समयअनुसार बेलुकी पौने आठ बजे राजस्थानको दोस्रो घरेलु मैदान गुवाहटीमा हुनेछ।

राजस्थानको टोलीमा .जोस बटलर छैनन्। उनी विश्वकपका लागि भनेर आफ्नो घर फर्किसकेका छन् । राजस्थानले ओपनरको रुपमा कसलाई मैदान पठाउँछ, त्यो भरे मात्रै थाहा हुने छ ।

राजस्थानले यो खेल जितेर प्लेअफमा स्थान पक्का गर्न चाहेको छ भने यसअघि नै बाहिरिएको पञ्जाबले प्रतिष्ठानको लडाइँ लड्नेछ।

अंकतालिकामा पञ्जाब १२ खेलमा ८ अंकसहित पुच्छारमा छ भने राजस्थान १२ खेलमा १६ अंकसहित दोस्रो स्थानमा छ।

बुधबार, ०२ जेठ, २०८१, दिउँसोको ०३:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर