प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्सले दियो दाबी भुक्तानी

विराटनगर । प्रभु महालक्ष्मी लाइफ ईन्स्योरेन्स लिमिटेडले बिमा दाबी भुक्तानी गरेको छ । कटहरी गाउँपालिका वडा नम्बर ४ का नरेश कुमार कामतको आमा जिन्दादेवी कामत लाई १० लाख ४६ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

कामतले १० लाखको सावधिक बिमा गरेका थिए । आर्थिक बचत तथा आर्थिक सुरक्षाका लागि बिमा गराएका कामतको बिमा गरेको केही महिनापछि आकस्मिक मृत्यु भएको थियो । बिमितको निधन पछि हकवाला निजकी आमा जिन्दादेवी कामतलाई बिमा बापतको १० लाख ४६ हजार बिमा कम्पनीका कोशी प्रदेश प्रमुख पुष्कर भट्टराईले हस्तान्तरण गरेका हुन ।

दाबी भुक्तानी कार्यक्रममा विराटनगर शाखाका प्रमुख सन्तोष राई एजेन्सी मेनेजर निलम ढुङेल तथा वडाअध्यक्ष विश्वनाथ प्रसाद भगत लगायत अन्य जनप्रतिनिधिको उपस्थिति रहेको थियो । दाबी भुक्तानी दिँदै क्षेत्रीय प्रमुख भट्टराईले भवितव्य पर्दा बिमा कम्पनीले कसरी छिटोछरितो रूपमा दाबी भुक्तानी दिन्छ र बिमा का महत्वको बारेमा प्रकाश पारेका थिए ।

मङ्गलबार, १८ बैशाख, २०८१, साँझको ०६:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर