उपनिर्वाचनमा ‘म्याच फिक्सिङ’ भएको पहिचानवादीको प्रतिक्रिया

विराटनगर । इलाम २ मा भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बूले ११ हजार ४५७ मत ल्याए । उप निर्वाचनमा उउनले तेस्रो स्थान हासिल गरेका छन् ।

कोशी नामकरणविरुद्ध आन्दोलित पहिचान पक्षधरहरू एकै ठाउँमा उभिएपछि थेगिमले सम्मानजनक मत पाएका हुन् । पहिचानवादी ४१ वटा घटकको समर्थन पाएका थेगिम मुढा चुनाव चिह्न लिएर मैदानमा आएका थिए । २०७८ फागुन १७ गते एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपाका २ तिहाइभन्दा बढी सांसदको समर्थनमा १ नम्बर प्रदेशको नाम कोशी राखिएको थियो । त्यसपछि पहिचान पक्षधरले आन्दोलन गर्दे आएका छन् ।

आन्दोलनकै कारण एकैठाउँमा उभिएका पहिचान पक्षधरहरू इलाममा आएको मतबाट उत्साहित बनेका छन् । इलाममा आएको मत परिणामले उत्साहित बनेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले बताए । ‘१५ हजार हाम्रो मत हाम्रो आउछ भन्ने थियो,’ उनले भने ‘म्याच फिक्सिङ नभएको भए त्यही १५ हजारको पेरिफेरिले चुनाव जितिन्थ्यो । ’

कांग्रेसकै संस्थापन इतर समूहले एमालेलाई भोट दिएको उनले आरोप लगाए । रास्वपालाई कम मत आएकाले पहिचान पक्षधरलाई घाटा भएको उनको भनाइ छ । २०८४ को निर्वाचनमा मेचीदेखि महाकालीसम्म नै पहिचान पक्षधरहरूबीच चुनावी समीकरण हुने संकेत देखा परेको लिङ्देनले बताए । ‘एक निर्वाचन क्षेत्रमा एउटा मात्रै पहिचानवादी उम्मेदवार उठाउनुपर्छ भन्ने सन्देश पनि यो चुनावले दिएको छ,’ उनले भने ‘यो हामीबीचमा सहमति पनि भएको छ । ’

इलाम २ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङ निर्वाचित भएका छन् ।

मङ्गलबार, १८ बैशाख, २०८१, साँझको ०५:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर