विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले उम्मेदवारलाई राजाको छोरा भनेर आरोप लगाउनेलाई मतदाताले जवाफ दिएको बताएका हुन् । उनले इलाममा उठेका अनेक प्रश्नको जवाफ मतदाताले व्यवहारबाट दिएको बताएका छन् ।
‘ सुहाङलाई राजाको छोरा भनेर तुलना गरिएको थियो, के सुवास नेम्वाङ राजा हुनुहुन्थ्यो ? उहाँ जनताको छोरा होइन । योद्धाको छोरो योद्धा नभएर के स्यालको छोरा बाघ हुन्छ ?’, ओलीले प्रश्न गरे ।
नेपाली कांग्रेसका नेताहरूले नेम्वाङको उम्मेदवारीलाई वंश वादसँग जोडेर चुनावी प्रचार गर्ने गरेका थिए । ओलीले नेपालको पहिचान नेपाली भएकोले प्रदेशको साझा नाम राख्दा केही नबिग्रने बताए ।
ओलीले सुहाङ नेम्वाङको विजयी जुलुसमा सहभागि हुन इलाममा आएका हुन ।