विराटनगर । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् ।मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन ।
सुहाङले २७ हजार ७७२ मत ल्याए भने दोस्रो स्थानका खड्काले २१ हजार ९४२ मत पाए ।
पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बू ले ११ हजार ४५७ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का मिलन योङहाङ लिम्बूले ५ हजार ५० मत पाएका छन ।
एमालेका उपाध्यक्ष उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त रहेको स्थानमा उपनिर्वाचन भएको हो । सो स्थानमा उनकै छोरा सुहाङ विजयी भएका हुन् ।
२०७९ को निर्वाचनमा कांग्रेसका खड्का सुवाससँग ११४ मतको झिनो अन्तरले पराजित भएका थिए । अहिले छोरा सुहाङसँग फराकिलो मतान्तरमा हारेका छन् ।
अघिल्लोपटक कांग्रेस नेकपा ९माओवादी केन्द्र०सहितको गठबन्धनबाट चुनाव लडेको थियो । यो पटक एक्लै लडेको थियो । यो पटक माओवादी केन्द्रले एमालेलाई साथ दिएको थियो ।
शनिबार भएको निर्वातनमा इलाम २ मा राजनीतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।