राष्ट्रिय सभाको उपाध्यक्षमा घिमिरे निर्वाचित

राष्ट्रिय सभाको उपाध्यक्षमा घिमिरे निर्वाचित

विराटनगर । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकि छिन् ।

बुधवार भएको उपाध्यक्षको निर्वाचनमा नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै विजयी बनेकी हुन् । उर्मिला अर्यालले राजीनामा दिएपछि उक्त पद खालि थियो ।

आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले घिमिरे राष्ट्रिय सभा उपाध्यक्षमा विजयी बनेको घोषणा गरेका हुन् ।

उनको पक्षमा ३९ र विपक्षमा १६ मत परेको थियो ।

आजको राष्ट्रिय सभा बैठकमा ५५ सांसद उपस्थित थिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्