विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीमाथि चार आरोप लगाउँदै नेकपा एमालेले समर्थन फिर्ता लिएको छ ।
गत असोज २७ गते कार्कीलाई मुख्यमन्त्री बनाउन समर्थन गरेको नेकपा एमालेले १८ कात्तिकमा सरकारबाट बाहिरिएको भएपनि समर्थन कायमै राखेको थियो ।
सोमबार कार्कीलाई दिएको विश्वासको मत फिर्ता गर्ने सूचना नेकपा माओवादी केन्द्रका सांसदसहित प्रदेशसभामा दिएपछि एमालेले कार्कीलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेश प्रमुख पर्शुराम खापुङलाई दिएको थियो । समर्थन फिर्ता लिँदा एमालेले मुख्यमन्त्री कार्कीमाथि चार आरोप लगाएको छ ।
पदीय जिम्मेवारी ठिक ढंगले निर्वाह नगरेको, अनुचित र अस्वभाविक अभिव्यक्ति दिने गरेको, सस्तो लोकप्रियताका लागि सरकारी कोषबाट बिनाअध्ययन अनावश्यक र अनूचित खर्च गरेको आरोप एमालेले लगाएको छ । यस्तै प्रादेशिक संरचनाको प्रतिष्ठामै आँच आउने व्यवहार मुख्यमन्त्रीलै प्रदर्शन गरेको पनि एमालेको आरोप छ ।
एमालेले कार्कीलाई मुख्यमन्त्री नियुक्तीका दिएको समर्थन समर्थन नेपालको संविधान र रिट निवेदक शेरबहादुर देउवासमेत र प्रत्यार्थी रास्ट्रपतिको कार्यालय समेत भएको मुद्दामा ००७७-WC- ००७१ को मुद्दामा २०७८ आषाढ २८ को श्री सर्बोच्च अदालतको उत्प्रेषण परमादेश फैसलाको बुँदा नम्बर ८६ बमोजिम फिर्ता लिएको जानकारी प्रदेश प्रमुखलाई दिएको छ ।