विद्यार्थी भर्ना नलिन सरकारको निर्देशन

विद्यार्थी भर्ना शुल्क, अनलाइन पठनपाठन शुल्क र मासिक शुल्कसमेत लिन नपाइने

विराटनगर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरुलाई विद्यार्थी भर्ना नलिन निर्देशन दिएको छ ।

सोमबार विज्ञप्ति प्रकाशित गरेर देशभरका विद्यालयहरुलाई कुनै पनि कक्षामा विद्यार्थी भर्ना नलिन शिक्षा मन्त्रालयले निर्देशन दिएको हो ।

निजी विद्यालयहरुको संस्था प्याब्सनले आगामी २६ गतेबाट विद्यार्थी भर्ना गर्न देशभरका निजी विद्यालयहरुलाई निर्देशन दिएको थियो । कोराना भाइरसको जोखिम कायमै रहेका तत्कालका लागि कुनै पनि शैक्षिक गतिवधि नगर्न मन्त्रालयले सुचित गरेको छ ।

मन्त्रीस्तरीय निर्णयका आधारमा मन्त्रालयका प्रवक्ता दिपक शर्माले विद्यार्थी भर्ना र परीक्षाको कार्यक्रम सञ्चालन नगर्न निर्देशन दिनुभएको हो । लकडाउनका कारण विद्यालयहरुको पठनपाठन बन्द रहेकोमा कतिपय निजी विद्यालयहरुले विद्यार्थी भर्ना गर्न थालेका थिए ।

मन्त्रालयले विद्यार्थी भर्ना नलिन विद्यालय र भर्ना नगर्न अभिभावकहरुलाई समेत सचेत गराएको छ । विद्यार्थी भर्ना, अनलाइन पठनपाठन र मासिक शुल्क नलिनसमेत मन्त्रालयले विद्यालयहरुलाई निर्देशन दिएको छ।

मन्त्रालले कक्षा १०, ११ र १२ को परीक्षाको सर्न्दभमा पनि कुनै पनि निर्णय नभएको जनाएको छ । सरकारले निजी विद्यालयहरुलाई चैत महिनाको आवासीय शुल्क बाहेक अन्य शुल्क नलिने आग्रह गरेको उल्लेख गर्दै शुल्क छुट बारेको जानकारी विद्यालयहरुले सम्बन्धित स्थानीय तहमा दिनुपर्ने जनाएको छ ।

सोमबार, २२ बैशाख, २०७७, रातीको ०८:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर