इलाम २ को उपनिर्वाचन : कांग्रेसले केन्द्रमा पठायो ७ जनाको नाम

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश समितिले इलाम २ को उपनिर्वाचनका लागि ७ जनाको नाम केन्द्रमा सिफारीस गरेको छ ।

कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले जिल्लाबाट आएका सबै आकांक्षीहरूको नाम केन्द्रीय कार्यालयमा पठाएको बताए । उनका अनुसार ५ जना पुरुष र २ जना महिलाको नाम केन्द्रीय कार्यालय सानेपा पठाएको छ ।

आकांक्षीहरूमा डम्बरबहादुर खड्का, भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम सिफारिस गरेका हुन् ।

गत भदौ २६ गते सुवास नेम्वाङको निधन भएपछि यो क्षेत्रमा आगामी बैशाख १५ मा उपनिर्वाचन हुने भएको हो । एमालेले भन सुवास कै छोरा सुहाङलाई उम्मेदवार बनाएको छ ।

मङ्गलबार, १३ चैत, २०८०, बिहानको ०८:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर