अभिषेक घिमिरे
☑️ व्यक्तिगत व्यवस्थापन
१) समयलाई सही ढंगमा व्यवस्थापन गर्ने र आफ्नो काम समयमै सम्पन्न गर्ने,
२) व्यक्तिगत मान, प्रतिष्ठा तथा आत्मसम्मानलाई मनन गर्ने,
३) तनाव तथा मनलाई नियन्त्रण गर्न सक्ने,
४) अरु व्यक्तिको भावना र विचारलाई सम्मान गर्ने,
५) आत्म विश्वासको विकास गर्ने,
६) मानसिक विवाद तथा मानसिक संघर्ष तार्किक रुपमा व्यवस्थापन गर्ने,
७) व्यक्तिगत विकासका विषयमा सचेत र जानकार रहने
८) व्यक्तिगत विकासका बारेमा पृष्ठपोषण लिने तथा दिने
☑️ निर्णय क्षमता तथा समस्या समाधान
९) निर्णय लिने प्रक्रियाका बारे जानकारी राख्ने, अध्ययन गर्ने
१०) जीवनको लक्ष पहिचान गर्ने, त्यसलाई पूरा गर्ने सन्दर्भमा आइपर्ने समस्याबारे सचेत हुने,
११) निर्णय लिन पूर्व आवश्यक आधार संकलन गर्ने र पहिचान गर्ने,
१२) परिस्थितिको मूल्यांकन गर्ने तथा समस्याको अवस्था पहिचान गर्ने,
१३) योजना कार्यान्वयनका जोखीम तथा नतिजाका बारेमा सोच्ने,
१४) विभिन्न आयाम तथा दृष्टिकोणबाट सोच्ने, विचार गर्ने,
१५) समस्या समाधानका विविध उपायहरुका बारे सोच्ने,
१६) प्रभावकारिताका आधारमा समस्या समाधानका विविध उपायको मूल्याङ्कन गर्ने,
१७) निर्णय कार्यान्वयनका लागि उपयुक्त योजना बनाउने,
१८) कुनै गतिविधि, अवस्था तथा व्यवहारका नतिजा तथा परिणामबारे पूर्वानुमान गर्न सक्ने,
१९) आफूले लिएको निर्णयलाई कार्यान्वयन गर्न सक्ने,
२०) आफ्नै गतिविधि, व्यवहार तथा भूमिकाको विषयमा स्व(मूल्याङ्कन गरी आवश्यक सुधार गर्ने
☑️ज्ञानको खोजी
२१) नयाँ कुरा तथा विषयवस्तु सिक्न उत्सूक हुनु तथा प्रयत्नशील हुने,
२२) अझ बढी नयाँ कुरा सिक्न तथा परिणाम हाँसिल गर्न उत्सुक रहने,
२३। अतिरिक्त क्रियाकलाप तथा गतिविधिमा सहभागी हुने
२४) विभिन्न अनलाइन स्रोत तथा पुस्तक पढेर नयाँ कुरा सिक्न प्रयत्नशील रहने,
२५) सामान्य ज्ञान तथा समसामयिक गतिविधिरसमाचार बारे जानकारी राख्ने,
२६) विभिन्न भाषा जातजाति तथा अन्य संस्कृतिका बारे जान्न इच्छुक हुने,
२७) आफू भन्दा ज्ञानी, ज्येष्ठ नागरिक तथा अन्य व्यक्तिसंग संगत गर्ने तथा सिक्न खोज्ने,
२८) समाचार हेर्ने, पत्रपत्रिका पढ्ने, अन्तर्वार्ता हेर्ने तथा अन्य स्रोत प्रयोग गरेर सिक्न खोज्ने,
☑️परिवर्तनलाई स्वीकार्ने
२९) समयसंगै आवश्यक पर्ने सबै कुरा सिक्दै जाने,
३०) नयाँ वातावरण तथा परिश्थितिसंग घुलमिल हुन सक्ने,
३१) नयाँ सीप तथा प्रविधि सिक्न जहिल्यै तयार रहने,
३२) आफूमा आवश्यक परिवर्तनका लागि तयार रहेने,
३३) आफ्ना गलत बानी, व्यबहार प्रति सजग रहने तथा तुरुन्तै परिवर्तन गर्नपट्टि लाग्ने,
☑️अनुशासन तथा इमान्दारिता
३४) नैतिकता र सदाचारिताको महत्व बुझ्न सक्ने,
३५) व्यक्तिगत तथा सामाजिक मर्यादा र मूल्यरमान्यता बुझ्न सक्ने,
३६) व्यवहारमा इमान्दारिता तथा मानवीय भावना प्रदर्शन गर्ने,
३७) व्यवहारमा विस्वसनीयता देखाउन सक्ने,
३८) आफूले गरेका तथा बोलेका हरेक कुराप्रति जवाफदेही रहने,
३९) व्यक्तिगत तथा सामाजिक विकासका लागि समर्पित रहने,
४०) गलत कुरा र व्यवहारको विरोध गर्ने तथा त्यसविरुद्ध आवाज उठाउने,
४१) मित्रसंग सुमधूर सम्बन्धको विकास गर्ने,
४२) अन्य व्यक्तिलाई आदर तथा सम्मान गर्ने,
☑️पारिवारिक सम्बन्ध तथा मेलमिलाप
४३) परिवारको महत्व र फाइदा बारे बुझ्न सक्ने,
४४) घर परिवार तथा आफन्तरसमुदायमा समय बिताउन चाहने, घुलमिल हुन खोज्ने,
४५) परिवारमा स्वास्थ्य, सुख तथा पारिवारिक सम्वृद्धिका विषयमा सचेत रहने तथा आवश्यक भूमिका खेल्न सक्ने
४६) परिवारमा माया, प्रेम सद्भाव तथा मर्यादा कायम राख्न सक्ने,
४७) परिवारका अन्य सदस्यलाई आवश्यक परेको बेला सहयोग, सहकार्य गर्ने,
४८) परिवारमा आफूभन्दा ठुला सदस्यलाई सम्मान गर्ने,
४९) पारिवारिक गतिविधिमा रुचि राख्ने, भावना साटासाट गर्न रुचि राख्ने,
५०) परिवारमा विद्यमान समस्या पहिचान गर्ने, परिवारको प्रगतिका लागि आफूले खेल्न सक्ने भूमिकाको विषयमा सचेत रहने
अभिभावकज्यू,
यी शीपहरु बालबालिकालाई सोझै नभई अप्रत्यक्षरुपमा विभिन्न गतिविधिका माध्यमबाट सिकाउनु पर्दछ। कतिपय कुरा तपाईलाई देखेर पनि सिक्न सक्दछन्। बाँकी शीप अर्को चरणमा शेयर गर्नेछु।
कुनै प्रश्न भए empoweringpubliceducation@gmail.com मा पठाउनु हुन अनुरोध गर्दछु।