लगातार दुई खेलमा क्यानडालाई पराजित गर्दै नेपालले जित्यो क्यानडाविरूद्धको सिरिज

विराटनगर ।  नेपालले एकदिवसीय सिरिज जितेको छ ।लगातार दुई खेलमा क्यानडालाई पराजित गर्दै नेपालले सिरिज जितेको हो ।

२८६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउँदै नेपालले एक खेल अगावै सिरिज जितेको हो ।

त्रिवि क्रिकेट मैदानमा ​शनिवार क्यानडाले दिएको लक्ष्य पछ्याउने क्रममा नेपालले ६ विकेट गुमाएर २९ बल बाँकी छँदै खेल जितेको हो ।

नेपाललाई सिरिज जिताउने क्रममा कप्तान रोहित पौडेलले ८७, देव खनालले ७६ र अनिल साहले ५० रनको अर्धशतकीय पारी खेले । भीम सार्कीले २३ र पवन शर्राफले १४ रन बनाए ।

पहिलो खेल ७ रनले जितेको नेपालले दोस्रो खेल ४ विकेटले जितेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रनको योगफल बनाएको थियो ।

क्यानडाका लागि ओपनर आरोन जोन्सनले सर्वाधिक ६५ रन जोडे । उनले ६२ बलमा १० चौका र दुई छक्कासहित ६५ रन बनाएका हुन् । त्यस्तै नवनित धलिवालले ४६ रन बनाए । श्रेयश मोभ्वाले ४० रन बनाए ।

पर्गत सिंहले ३८ रन बनाए भने निकोलस कीर्तन र उदय भगवानले समान २०र२० रन जोडे । दिलप्रित बज्वाले १९ तथा शाहिद अहमदजाइलाई १३ रन बनाए ।

नेपालका लागि रोहित पौडेल र कुशल मल्लले समान २/२ विकेट लिए भने सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले १र१ विकेट लिएका थिए ।

शनिबार, २७ माघ, २०८०, साँझको ०५:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर