विराटनगर । सोलुखुम्बुको पर्यटकीय पालिका हो खुम्बु पासाङ ल्हामु गाउँपालिका । यो पालिकामा पछिल्लो समय सडक पूर्वाधार निर्माण तीब्र गतिमा भइरहेको छ । विश्वका मुलुकहरुबाट वर्सेनि हजारौं पर्यटकहरु यो क्षेत्रमा पुग्ने गर्छन् । यद्यपि अहिलेसम्म उक्त पालिकाको सदरमुकाम चौंरीखर्कसम्म सडक पुहँच पुग्न सकेको छैन । यो पालिकामा विश्वको सर्वोच्च शिखर सगरमाथादेखि ल्होत्से, नुप्से, छयु, मैदाबलम, पुमोरी, थमसेरकु लगायतका अग्ला हिमालहरु छन् । यो पालिकाको खुम्बु क्षेत्रलाई विश्व प्रसिद्ध ‘खुम्बु आइसफल’ पनि भनिन्छ । अधिकांश शेर्पा जातिको बसोबास रहेको यो पालिकामा शेर्पासँग सम्बन्धित भाषा, संस्कृति, बौद्धहरूको पहिचान हो । पालिकाले भर्खरै निर्माण गरिरहेका विद्यालय र सडकका यि दृश्यहरू एक पटक हेरौं ।
सबै तस्बिरहरू : खुम्पु पासाङ ल्हामु गाउँपालिकाको फेसबुकबाट साभार