कर तिर्ने अवधि जेठ २५ सम्म थप

काठमाडौं । सरकारले चैत र वैशाख महिनामा भुक्तानी गर्नुपर्ने करको भुक्तानी गर्ने समयावधि २५ जेठसम्मका लागि थपेको छ ।

चैत ११ गतेबाट लकडाउन घोषणा भएपछि १६ गतेको मन्त्रिपरिषद्ले कर तिर्ने समय एक महिना थपेकोमा लकडाउन नहटेकोले वैशाख १४ गतेको मन्त्रिपरिषदले जेठ २५ सम्म पु¥याएको हो । अर्थ मन्त्रालयको प्रस्तावमा सरकारले कर भुक्तानी गर्न सकिने अवधि एक महिना थप्ने निर्णय गरेको हो ।

लकडाउनको कारण करदाताहरु बैङ्क वा कर कार्यालयसम्म पुग्न नपाएको र आर्थिक गतिविधिसमेत ठप्प रहेकोले कर तिर्ने अबधि थपिएको हो ।

सरकारले चालु आर्थिक वर्ष २०७६÷७७ मा कुल ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा कर राजस्वको लक्ष्य १० खर्ब ९ अर्ब छ । तर, लकडाउनका कारण सो राजश्व संकलन हुने संभावना छैन ।

चैत महिनामा सरकारले ३७ अर्ब आन्तरिक राजस्व संकलन हुनुपर्नेमा मात्र २३ अर्ब संकलन भएको थियो । त्यसमा पनि एनसेलले बुझाएको पुरानो बक्यौताको हिस्सा ठूलो थियो।

बिहिबार, १८ बैशाख, २०७७, साँझको ०५:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर