विराटनगर । भारतमा जारी आईसीसी विश्वकप क्रिकेटको उपाधि जित्न भारतले अस्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ ।
गुजरात प्रान्तको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत ५० ओभरमा २४० बनाउँदै अलआउट भयो ।
सुरुवाती राम्रो प्रदर्शन गरेको भएपनि १०.२ ओभरमा ८६ रन बनाउँदा विराट कोहली र केएल राहुलको विकेट गुमेपछि भारत दबाबमा परेको थियो । उनीहरुले चौथो विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए । जुन भारतका लागि भएको सबैभन्दा ठूलो साझेदारी रह्यो ।
कोहली ५४ र राहुल ६६ रनमा आउट भए । सातौं नम्बरमा ब्याटिङमा आएका सूर्यकुमार यादवले १८ रन बनाए । यसअघि भारतका ओपनरद्वय शुभमन गिल ४ तथा रोहित शर्मा ४७ रनमा आउट भए भने यस्तै श्रेयश ऐयर पनि ४ रन बनाउँदै आउट भए ।
टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको अस्ट्रेलियाका लागि मिचेल स्टार्कले ३ विकेट लिए ।