नदी र पोखरीहरुमा छठ पूजाको तयारी तीब्र

विराटनगर । देशभरका विभिन्न स्थानमा रहेको नदी र पोखरीहरुमा छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छ ।

छठ पर्वको मुख्य दिन शनिबार छठी माइको पूजाका लागि विराटनगरको सिंघीया, केशलीया खोला, नरहट, मन्ठा पोखरीलगायत, काठमाडौंको कमल पोखरी, कुपण्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरीलगायतका स्थानहरुमा तयारी अन्तिम चरणमा पुगेको छ ।

छठ पूजाको लागि ती नदी तथा तालहरुलाई सफा गर्ने, घाट तयार गर्नेलगायतका काम भइरहेको छ । तराईमा प्रख्यात छैठ पर्वमा सरकारले आइतबारका लागि सार्वजनिक विदा दिएको छ ।

फाइल तस्बिर

बिहिबार, ३० कार्तिक, २०८०, दिउँसोको ०३:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर