के थियो रेडियो नेपालले हटाएको बाबुरामको अन्तर्वार्तामा ? (अडियोसहित)

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले रेडियो नेपालको अन्तरसंवाद कार्यक्रमलाई आज दिएको अन्तर्वार्ता रेडियो नेपालले हटाएको छ।

रेडियो नेपाललको अनलाईन http://radionepal.gov.np भित्र अडिओ ग्यालरीमा राखिएको अन्तरसंवादको सोमबारको अंक रेडियो नेपालले हटाएको हो।

रेडियो नेपालको समाचार महाशाखा प्रमुख डा.नवराज लम्सालले सञ्चालन गरेको अन्तरवार्ताको कार्यक्रम हटाएर रेडियो नेपालले माफी मागेको छ । विहान ६ः३० बजे प्रत्यक्ष प्रशारण भएको कार्यक्रममा भट्टराईले प्रधानमन्त्रीलाई लक्षित गर्दै राखेका विचार र प्रयोग गरिएका भाषामा दुःख व्यक्त गर्दै रेडियो नेपालले माफी माग्दै आगामी दिनमा अतिथि ल्याउँदा बिचार गर्ने पनि जनाएको छ ।

https://www.facebook.com/hamromatpati/videos/923588238082955/

प्रधानमन्त्रीलाई लक्षित गरेका भाषाले समस्या उत्पन्न भएकोले क्षमा मागेको रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले बताउनुभएको छ । भट्टराईले यस्ता शब्द यसअघि विभिन्न प्लेटफर्महरूमा प्रयोग गर्दै आएको भएपनि रेडियो नेपालबाट प्रशारण गर्न नमिल्ने उहाँको भनाइ छ ।

अनलाइनबाट अन्तरवार्ता हटाएको बारेमा भने आफूलाई जानकारी नभएको कार्कीको भनाइ छ ।

सोमबार, १५ बैशाख, २०७७, साँझको ०६:२९ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर