मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने काँग्रेस संसदीय दलको निर्णय 

विराटनगर । नेपाली काँग्रेस कोशी  प्रदेश संसदीय दलको शुक्रवार बसेको बैठकले मुख्यमन्त्री हिकमत कार्कीले विश्वासको मत नदिने निर्णय गरेको हो ।
दलको कार्यालयमा बसेको बैठकले विश्वासको मतको विपक्षमा उभिने निर्णय गरेको हो । भदौ २२ गते मुख्यमन्त्री भएका कार्कीले असोज २० गतेभित्रमा विश्वासको मत लिइसक्नु पर्ने हुन्छ ।
काँग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीका अनुसार दोस्रो पटक अध्यादेशमार्फत आएको बजेट मन्त्रालयगत रूपमा कार्यान्वयन नगर्न मन्त्रालयहरूलाई आग्रह गर्ने पनि निर्णय गरेको छ । कार्कीले भने,“एमालेबाहेकका दलसँग छलफल नै नगरी ल्याएको बजेट सदनबाट पारित नभएको अवस्थामा कार्यान्वयन गर्न प्रदेश मन्त्रालयहरूलाई आग्रह गर्ने निर्णय पनि भएको छ ।” अब संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार निर्माण हुँदा काँग्रेसको भूमिकाको विषयमा समेत सांसदहरूले आ–आफ्नो धारणा राखेका थिए ।
भदौ ४ गते उपसभामुख सिर्जना दनुवारले बैठक डाकेर संसदीय मर्यादा विपरीत अनुपस्थित भएको सन्दर्भमा खेद प्रस्तावसमेत पारित गरेको छ । कार्की नेतृत्वको सरकारले अध्यादेशमार्फत आएको बजेट प्रतिस्थापन विधेयक दर्ता गराई पारित गराउने तयारी थालेको छ ।
शुक्रबार, १२ असोज, २०८०, साँझको ०६:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर