विराटनगर । उद्योगी पवन कुमार शारडा नेपाल उद्योग परिसंघ (सिएनआई) कोशी प्रदेश अध्यक्षमा चयन भएका छन । उद्योगी प्रकाश मुन्दडा वरिष्ठ उपाध्यक्षमा चयन भएका छन् । सिएनआई प्रदेश समितिमा छ जना उपाध्यक्ष र तीन जना मानार्थ उपाध्यक्ष पद रहने व्यवस्था छ । उपाध्यक्षहरुमा नवलकिशोर काबरा, देवेन्द्रप्रसाद गुप्ता, सुशील जोशी, कृष्ण अग्रवाल, दिपक पौडेल र गिरिजा शारडा चयन भएका छन ।
घनश्याम काबरा, रमेश राठी र गिरिस लुनियाले मानार्थ उपाध्यक्ष र कोषाध्यक्षमा साकेत राठीले जिम्मेवारी प्राप्त गरेका छन् । सदस्यमा राजेन्द्र राठी, डेनिस कार्की, दिवस सुवेदी,वेदान्त जाजू, कर्ण रायमाझी, मधुर दुगड, ऋषभ दाहाल, मुकेश कोठारी, जितेन्द्र राठी, अविदअली अंसारी, अजिता बराल, पुनित पौडेल, हरिवंश राठी, सन्नी अग्रवाल, पवन पंकज पारख, दिवाकर राठी र अजय राठी चयन भएका छन् ।
प्रमुख सल्लाहकारमा मोरङ व्यापार संघका पूर्वअध्यक्ष महेश जाजु चयन भएका छन् । बासुदेव गोल्याण, सुशील धनावत, सन्तोष रिजाल, शंकरलाल ग्रवाल र श्रीनिवास सारडालाई सल्लाहकार मनोनयन गरिएको छ । यसैगरी सिएनआईको मानार्थ सदस्यमा महेश पौडेल, राजन भगत, रिता ढकाल, अनुप सिग्देल, संजीव सिग्देल, अमित सिंघल, रजत तोदी, निखिल तोदी, प्रशान्त तातेड र भवेश राठी चयन भएका छन् ।
शुक्रबार एक कार्यक्रमबीच नया कार्यसमितिलाई पद हस्तान्तरण गरीएको छ । परिसंघका केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश अध्यक्ष भीम घिमिरेले शारडालाई पद हस्तान्तरण गरेका हुन ।
घिमिरेको कार्यकाल एक वर्ष बाँकी रहेपनि उनी केन्द्रीय पदाधिकारीमा चयन भएपछि शारडालाई अध्यक्ष चयन गर्दै पद हस्तान्तरण गरेका हुन