ईद मिलादुननवि (बारह रबिउलऔवल) पर्व मनाइयो

विराटनगर । मुस्लिम धर्मावलम्बीहरुले इस्लाम धर्मका प्रवर्तक हजरत मुहम्मद सल्लल्लाहो अलैहे बसल्लमको जन्मजयन्ती मनाएका छन् ।

इस्लामी पात्रो १२ रविउल अब्बल महिनामा साउदी अरबको मक्कामा बिबीआमिनाको कोखबाट हजरत मुहम्मदको जन्म भएको दिनको अवसरमा जन्मजयन्ती मनाउने गरिन्छ ।

विराटनगरमा आज मुस्लिम समुदायले ¥याली निकालेका थिए । धार्मिक सहिष्णुताको उदाहरण बन्दै विराटनगरमा रहेको हनुमान मन्दिरदेखि चार पाइला मात्रै फरकमा रहेको मस्जिदबाट शान्ति र्याली निकालिएको हो । आ–आफ्नो धर्मको आस्था मान्दै एकअर्काको धर्मप्रतिको सम्मान कसरी गर्न सकिन्छ आज उदाहरण देखिएको युवा नेता ओसिम आलमले बताए ।

इस्लाम धर्मका अन्तिम सन्देष्टा, शान्तिका दुत, हजरत मुहम्मद मुस्तफा सल्लल्लाहो अलैहे व सल्लमको १४९८ औं जन्मोत्सवमा सम्पूर्ण मानव जगतमा सुख, शान्ति र समृद्धिको कामनासहित शान्ति जुलुस निकालिएको हो । ¥यालीमा इस्लाम समर्थकहरुले सरकार कीआमद मरहबा, रसुल कीआमद मरहबा, दिलदार कीआमद मरहबा, लबचूम के बोलो मरहबा, दिल खोलकर बोलों मरहबार मरहबा या मुस्तफÞा मरहबा या मुस्तफा जस्ता नारा लगाउने गर्दछन् ।

हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बिउल औवल महिना को १२ तारिखका दिन बुबा अब्दुल्लाह र आमा आमिनाको कोखबाट साउदीको मक्का शहरमा भएको थियो । त्यसै दिन विश्वभरका मुस्लिमहरुले भव्यताका साथ बिविध कार्यक्रम गरी हजरत मोहम्मदको जन्मोत्सव मनाउने गर्दछन् ।

बिहिबार, ११ असोज, २०८०, साँझको ०७:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर