जिल्ला प्रशासन कार्यालयमा अरुण तेस्रो प्रसारण लाइनका पीडितहरूले दिए धर्ना

संखुवासभा । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको विद्युत् चार सय केभी प्रसारण लाइनका पीडितले जिल्ला प्रशासन कार्यालयमा आज धर्ना दिएका छन् । जिल्ला प्रशासन कार्यालयले गत असार १५ गते १४ वटा टावरको मुआब्जा निर्धारण गरेको थियो ।

चार सय केभी प्रसारण लाइनको १४ वटा टावरको मुआब्जाबापतको रकम पाँचदेखि आठ लाख रुपैयाँसम्म प्रतिरोपनी दिने जिल्ला प्रशासनको निर्णय चित्त नबुझेको भन्दै उनीहरूले धर्ना दिएका हुन् ।उनीहरूले निर्णय चित्त नबुझेको भन्दै जग्गाधनीले जिल्ला प्रशासन कार्यालय संखुवासभा, खाँदिबारी नरपालिका, ऊर्जा मन्त्रालय र गृह मन्त्रालयमा समेत मुआब्जाको दररेट पुनरावलोकन हुनुपर्ने भन्दै निवेदन पेस गरिसकेका छन् ।सदरमुकाम आसपासको जग्गाको मूल्यांकन धेरै कम कम तोकिएको उनीहरूको आरोप छ ।गत असार १५ गते निर्धारण गरिएको १४ वटा टावरको मुआब्जा पुनरावलोकन नभए सम्म आन्दोलन जारी रहने अरुण तेस्रो चार सय केभी प्रसारण लाइन मुआब्जा सरोकार समितिका संयोजक छत्रमणि काफ्लेले बताए ।

सरकारले जनतालाई सुकुम्वासी बनाउन लागेको कारण बाध्य भएर पुन आन्दोलनमा उत्रिएको उनको भनाइ छ । उक्त निर्णय चित्त नबुझेको भन्दै पीडितहरूले संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र पठाएको हो ।

अशोज ११, २०८०, साँझको ०७:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर