नेकपा एसको समाजवादी जागरण अभियान असोज १४ देखि २९ गतेसम्म

काठमाडौं । एकीकृत समाजवादीले असोज १४ देखि २९ सम्म जागरण अभियान सञ्चालन र्गे भएको छ । झापाको काँकडभिट्टाबाट सुरु भएर सुर्खेतमा समापन हुने यात्रामा रुपान्तरणकारी एजेन्डा, पार्टीले उठाउँदै आएका मुद्दा र कार्ययोजनाबारे जनतालाई बुझाइने एकीकृत समाजवादीका अध्यक्ष माधब कुमार नेपालले बताए । त्यसका लागि अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा दुई हजार एक सदस्यीय समाजवाद जागरण यात्रा मूल व्यवस्थापन समिति गठन गरेको छ ।

यहि असोज १४ गते काकडभिट्टा, विर्तामोड, दमक, उर्लाबारी वा पथरीमध्ये एक ठाउँ, विराटचोक मोरङमा सभा हुने जनाइएको छ । १५ गते इटहरी, इनरुवा, भारदह, राजविराजमा सभा हुनेछ । त्यस्तै १६ असोजमा राजविराज, चिन्न मस्त, अर्नाह, भगवानपुर, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहामा सभा आयोजना हुने नेकपा एसले जनाएको छ ।

१७ असोजमा जनकपुरमा पत्रकार सम्मेलन गरी जलेश्वर, ढल्केबर, बर्दीबास र लालबन्दीमा सभा हुँदा १८ असोजमा गरुडा, हर्नैया, कलैया र वीरगञ्जमा सभा हुनेछ । त्यस्तै १९ असोजमा पथलैया, हेटौँडा, मनहरी, भण्डारा र भरतपुरमा सभा आयोजना हुनेछ ।

२० असोजमा कावासोती, बर्दघाट र परासी तथा २१ असोजमा भैरहवा र बुटवलमा सभा आयोजना हुनेछ । त्यस्तै सैनामैना, चन्द्रौटा, भालुवाङ लमहीमा २२ असोजमा र घोराही, तुल्सीपुर र कोहलपुरमा २३ असोजमा सभा आयोजना हुनेछ ।

२४ असोजमा नेपालगञ्ज, खजुरा, मैनापोखर र गुलरियामा तथा २५ असोजमा राजापुर र टीकापुरमा सभा गर्ने नेकपा एसको कार्यतालिका छ । त्यस्तै २६ असोजमा लम्की, सुख्खड, अत्तरिया र धनगडी तथा २७ असोजमा पुनर्वास, झलारी, लालपुर र महेन्द्रनगरमा सभा हुनेछ । २८ असोजमा छिन्चु र सुर्खेतमा अभियनअन्तर्गतका सभा आयोजना हुने नेकपा एसले जनाएको छ ।

बिहिबार, ११ असोज, २०८०, साँझको ०६:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर