जेसीज सम्मेलनको तयारी पूरा

विराटनगर । १९ वर्षपछि विराटनगरमा हुन लागेको नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलनको तयारी पूरा भएको छ । सम्मेलन असोज १२ र १३ गते विराटनगरमा हुनेछ ।

सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको विराटनगर जेसीजका अध्यक्ष अभिनाष थापाले बताए । नेपाल जेसीजमा १७६ शाखा छन् । चार क्षेत्रमा विभाजन गरिएको जेसिजको क्षेत्र क मा कोशी प्रदेश र मधेश प्रदेशका ४३ वटा क्लब छन् ।

नेपाल जेसीजमा १७६ शाखा छन् । चार क्षेत्रमा विभाजन गरिएको जेसीजको क्षेत्र क मा कोशी प्रदेश र मधेश प्रदेशका ४३ वटा क्लब छन् । १९ वर्षपछि विराटनगरमा हुन लागेको सम्मेलनको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की सम्मेलनको उद्घाटन गर्ने थापाले बताए । शनिबार विहान शान्ति र्याली पनि आयोजना गरिने उनले बताए । जेसीजले थिम सेमिनार पनि गर्ने बताएको छ, जसमा प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डल , योगेश भट्टराई र सबिधान सभा सदस्य डाक्टर मिनेन्द्र रिजाल सहभागी हुनेछन् ।

महावीर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई नगद ५० हजारसहित सम्मान गर्ने कार्यक्रम रहेको थापाले बताए । सम्मेलनमा कलाकार विपिन कार्की पनि सहभागी हुनेछन् ।

बिहिबार, ११ असोज, २०८०, बिहानको ०७:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर