विराटनगर । नेपाली काँग्रेस संखुवासभाका सभापति दीपक खड्काले पदबाट राजीनामा दिएका छन् । बुधवार खड्काले पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत केन्द्रीय सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् ।
गत प्रतिनिधिसभा निर्वाचनमा संखुवासभाबाट निर्वाचित खड्काले समय दिन नसेको भन्दै राजीनामा दिएका हुन । प्रतिनिधिसभा सदस्य भएपछि काठमाडौँमा धेरै समय बिताउनुपर्ने र जिल्ला पार्टी सङ्गठनलाई पर्याप्त समय दिन नसकेको भन्दै उनले राजीनामा दिएका हुन् ।
‘संखुवासभामा विसं २०७० र २०७९ सालको निर्वाचनमा काँग्रेसलाई विजयी बनाएको र आगामी दिनमा पनि काँग्रेसको सङ्गठनलाई मजबुत बनाउन र जिल्लाका साथीहरूलाई काम गर्ने वातावरण निर्माण गर्न सभापति पदबाट राजीनामा दिएर मैदान खालि गरेको हुँ’, उनले भने ।