विराटनगर । कोशी प्रदेशमा जारी रहेको पहिचानवादीशक्तिहरुको आन्दोलन र विभिन्न आवरणमाहुन खोज्ने धार्मिक अतिवादीहरुको सक्रियताले सुरक्षा चुनौती बढेको निष्कर्ष सुरक्षा अंग तथाराजनीतिक दलहरुले निकालेका छन् ।
गृह मन्त्रालयले सोमबार विराटनगरमाआयोजना गरेको सुरक्षा सम्बन्धि छलफलमाप्रदेशस्थित दलका नेताहरु तथा प्रदेशका सुरक्षानिकायका प्रमुखहरुले यस्तो निष्कर्ष निकालेकाहुन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठले दलहरुसँगछलफल गर्नुअघि नै प्रदेशका सबै सुरक्षा अंगकाअधिकारीहरुसँग बैठक गरेर उनीहरुका कुरा सुनेका थिए । प्रदेश नामकरणपछि सुरु भएको पहिचानकोआन्दोलन तथा विभिन्न क्षेत्रमा देखिएका धार्मिकअतिवाद प्रदेशको मुख्य सुरक्षा चुनौती बनेको छ’,सुरक्षा बैठकमा अधिकांश अधिकारीहरुले भनेका थिए ।यसबाहेक खुला सीमामार्फत हुने तस्करीधन्दातथा समाजमा बढ्दै गएको मानसिक रोगले पनिसमस्या ल्याएको छ ।’ सुरक्षा बैठकमा नेपाल प्रहरीसशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान तथा नेपालीसेनाका अधिकारीहरु उपस्थित थिए । गृहसचिव, दुवै प्रहरी संगठनका महानिरीक्षकहरु सहभागीबैठकमा सुृरक्षा अधिकारीहरुले कोशीमा जारीआन्दोलनको राजनीतिक समाधान खोज्नुपर्नेमाजोड दिएका थिए ।
कोशीमा जारी आन्दोलन राजनीतिकसमस्याले निम्त्याएको हो, जसले अहिलेसुरक्षा थ्रेट बढाइरहेको छ’, बैठकमा सुरक्षाअधिकारीहरुले भनेका विषय उधृत गर्दै प्रहरीका एक उच्च अधिकारीले भने हामीले यसकोसमाधान राजनीतिक रुपमै खोज्नुपर्ने सुझाव दिएका छौं ।’जवाफमा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले कोशी समस्याको समाधान रानजीतिक रुपमै खोजिनेबताएका थिए ।
सुरक्षा अंगसँगको बैठकपछिगृहमन्त्री श्रेष्ठले कोशी प्रदेशका राजनीतिक दलहरूतथा नागरिक समाजका प्रतिनिधिसँग अन्तरक्रिया गरेका थिए । त्यसक्रममा दलका नेताहरुले प्रदेशकोनामकरणपछि उठेको पहिचानको आन्दोलनले सुरक्षा चुनौती बढाएको उल्लेख गर्दै यो विषयलाई केन्द्रसरकारले उच्च चासो राख्नुपर्ने बताएका थिए । पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेस प्रदेश सभापति उद्धव थापाले कोशीको नामकरणपछिप्रदेशमा सुरक्षा चुनौती बढेको बताए । ‘नामकरणपछि आन्दोलन सुरु भयो । हामीले आन्दोलनलाई सम्बोधन गर्ने प्रयास ग¥यौं । तर, हाम्रोतहबाट मिलाउन सकेनौं । अब संघले यसलाई समाधान गर्नुपर्छ । पहिचानको विषय थप पेचिलो हुँदै जाँदैछ । यो विषय केन्द्रबाट सम्बोधन गर्न माग गर्दछु,’ उनले भने । कोशीमा धर्मको नामबाटअशान्ति हुन खोजेको उल्लेख गर्दै उनले यो समस्याथप बल्झिने सम्भावना रहेको बताए । ‘यो देशभरिकै समस्या हो । यो समस्या बेलैमा सम्बोधन नगरे गाह्रो हुन्छ,’ थापाले भने ।
नेकपा माओवादी केन्द्र कोशीका प्रदेश सचिवगणेश उप्रेतीले प्रदेशको नाम राखेपछि अशान्ति सुरू भएको उल्लेख गर्दै यसको हलको लागि केन्द्र सरकारले रणनीति बनाउनु पर्ने उल्लेख गरे । ‘पहिचानको मुद्दा राजनीतिक आधारमै हलगर्नुपर्छ । यहाँ साम्प्रदायिक चलखेल पनि भइरहेको छ । संवेदनशील भएको कोशीलाई अलि बढी निगरानीमा राख्नुपर्छ,’ उनले भने ।
राष्ट्रिय स्वतन्त्रपार्टीका नेता राजेश तिम्सिनाले पहिचान र धर्मको विषयले प्रदेशमा जोखिम बढेको बताएका थिए जसपाका प्रदेश अध्यक्ष दीपक याक्खालेपहिचानवादीले आफ्ना माग शान्तिपूर्ण रूपमा उठाइरहेको भए पनि राज्यबाट आन्दोलनमा दमन भएको बताए ।
‘अहिले पनि झुठा मुद्दा लगाएर मान्छे थुनिएको छ । यसले असन्तोष बढाएको छ,’ उनले भने, ‘वार्ता र संवादमार्फत् समाधानको पहल गरौं । लामो समयदेखि मिलेर बसेको समाज हो हाम्रो । त्यसैले तनाव बढाएर खेल्ने मैदान कसैलाई
नदिऔं ।’
एकीकृत समाजवादीका अध्यक्ष बलदेवचौधरीले प्रदेश नामकरणबारे पुनः विचार गरेर प्रदेशशान्त बनाउने उपाय खोज्न आग्रह गरेका थिए ।