दसैं फुड फेस्टिवल हुने

विराटनगर । विराटनगरमा दसैंलाई लक्षित गरेर फुड फेस्टिवल आयोजना गरिने भएको छ । दसैंको अवसर पारेर असोज २८ गतेदेखि सात दिनसम्म मञ्जिना मुभिज क्रिएसन र भाजु युवराज फाउण्डेसनले फुड फेस्टिवल सञ्चालन गर्न लागेको हो ।

आइतबार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी असोज २८ गतेदेखि कात्तिक ४ गतेसम्म फुड फेस्टिवल आयोजना गर्ने तयारी भएको भाजु युवराज फाउण्डेसनका युनेशराज श्रेष्ठले जानकारी दिए ।विगतमा जस्तै विराटनगरको हिमालय रोडमा फेस्टिवल आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

दसैं मनाउन घर फर्किएकाहरुलाई लक्षित गरेर फुड फेस्टिवल आयोजना गर्न लागेको आयोजकले जनाएको छ । यसले आगन्तुकहरुलाई मनोरञ्जन प्रदान गर्ने, स्थानीय पर्यटन प्रवद्र्धन हुने र विभिन्न खानाको परिकारको परिचयसँगै नयाँ स्वादमा उपभोक्ताहरु समाउन सक्ने आयोजकले जनाएको छ ।

फुड फेस्टिवलमा नेवारी, मारवाडी, थारू लगायत विभिन्न जातिका करिव २५ वटा स्टल राख्ने आयोजकको तयारी रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । त्यस अवसरमा सांगीतिक कार्यक्रम पनि समावेश गर्ने आयोजकले जनाएको छ । फुड फेस्टिवल आयोजना गर्न झण्डै ३१ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले जनाएको छ ।

सोमबार, ०८ असोज, २०८०, बिहानको ०८:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर