विराटनगरमा आज सुरक्षा छलफल

विराटनगर । कोशी प्रदेशको ६ जिल्लाको सुरक्षा सम्बन्धी छलफल तथा अन्तक्रिया कार्यक्रम सोमबार बिहान विराटनगरमा हुने भएको छ । बिग होटलमा बिहान ८ बजेदेखि सुरु हुने बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी हुनेछन् ।बैठकमा सहभागी हुन गृह सचिव र तीनवटै सुरक्षा निकायका प्रमुख पनि विराटनगर आएका छन् ।

पछिल्लो समयमा कोशीमा देखिएको शान्ति सुरक्षाको चुनौती र त्यहाँ देखिएका समस्याहरूको पहिचानका लागि गृहमन्त्री श्रेष्ठ, नेपाल प्रहरीका आइजिपी बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी आइजिपी राजु अर्याल, राष्ट्रिय अनुसन्धानका विभागका प्रमुख र सांसदसहितले बैठकमा ब्रिफिङ लिने प्रदेश प्रहरी कार्यालय विराटनरले जनाएको छ ।उनीहरू कोशी प्रदेशका विभिन्न ठाउँमा देखिएका समस्याको पहिचान तथा समाधान पहल गर्ने गरी तीन दिनसम्म कोशी प्रदेशमै रहने सुरक्षा स्रोतले जनाएको छ ।

सुरक्षा सम्बन्धी छलफल गृहमन्त्री श्रेष्ठले साढें ८ बजे उद्घाटन गरेपछि कोशी प्रदेशको ६ जिल्लाका प्रमुखले जिल्लागत सुरक्षा अवस्थाबारे ब्रिफिङ गर्नेछन् । छलफलमा इलाम, झापा, धनकुटा, उदयपुर, सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारीहरुले जिल्लागत सुरक्षा अवस्थाबारेमा गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरु समक्ष ब्रिफिङ गर्ने कार्यतालिका रहेको छ । जिल्लागत रुपमा सुरक्षा अवस्था प्रस्तुत गरेपछि तीनवटै सुरक्षा निकायका कोशी प्रदेशका प्रमुखहरुले त्यसपछि ब्रिफिङ्ग गर्ने कार्यसूचि तोकिएको छ ।

पहिलो सत्रको समापन गरेपछि सोमबार दिउँसो साढे १२ बजेपछि राजनैतिक दल नागरिक समाजहरुसँग समसायकि विषय र सुरक्षा सम्बन्धी विविध विषयमा छलफल तथा अन्र्तक्रिया गर्ने कार्यक्रम छ । अन्तरक्रिया कार्यक्रममा कोशी प्रदेशका सबै राजनैतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधिको उपस्थिति रहनेछ । सोमबार साढें ३ बजे गृहमन्त्री श्रेष्ठले मन्तब्य राखेपछि कार्यक्रम समापन हुने कार्यक्रम रहेको छ ।

सोमबार, ०८ असोज, २०८०, बिहानको ०७:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर